आठ खम्बे विकास मोडललाई प्राथमिकता दिने छु : काठमाडौंकाे मेयर आकांक्षी सुनिता डंगोल
प्रकाशित मिति
२०७९ बैशाख २ गते, शुक्रबार ०५:४७
सुजिता सापकोटा, २ वैशाख २०७८, काठमाडौं : काठमाडौं महानगरपालिकाको मेयरकी आकांक्षी सुनिता डंगोलले आठ खम्बे विकासको मोडललाई प्राथामिकता दिएर आफ्नो उम्मेदवारी दर्ता गर्ने भएकी छिन् । मातृभूमिसँग कुरा गर्दै डंगोलले स्थानीय चुनाब नै युवा नेतृत्वका लागि सहि समय भएको भन्दै सो विकास मोडलका साथ काठमाडौंको मेयर पदमा उम्मेदवारी दर्ता गर्ने तरखरमा रहेको बताएकी हुन् ।
“मैले आठ खम्बे विकासको मोडललाई प्राथामिकता दिएर काठमाडौंको मेयर पदका लागि उम्मेदवारी दर्ता गर्न लागेकी छु , यसका लागि सवै पार्टीहरुसँग पनि कुरा हुँदै छ “, उनले भनिन्,” एजेण्डामा डिस्कस् हुँदै छ, म छिट्टै नै फाइनल डिसिजन लिने छु ।” उनको आठ खम्बे विकास मोडलमा स्वच्छ वातावरण, यातायात व्यवस्थापन, राजधानीका रुपमा पूर्वाधार विकास, सांस्कृतिक नगर, सामाजिक विकास, डिजिटल काठमाडौं, यूवा, खेलकूद, रोजगारी तथा उद्यमशीलता र रिसर्च एण्ड डेभलपमेण्ट रहेका छन् ।

भर्खर २९ वसन्त पार गरेकी डंगोलले आफूलाई धेरैले संचारकर्मी भनेर चिने पनि संचार क्षेत्रमा मात्र सिमित नरहेको बताइन् । उनले भनिन्, “म संचार क्षेत्रमा मात्र सिमित थिइँन, समाजसेवामा पनि कार्यरत थिएँ र म एक साँस्कृतिक अभियन्ता पनि हुँ ।” काठमाडौंको सिटी प्लानिङ कमिसनमा समेत काम गरिसकेकी उनले त्याहाँ कार्यरत रहँदा काठमाडौंलाई अझै राम्ररी नियाँल्न पाएको बताइन्। यसरी काठमाडौंलाई नियाँल्दा ग्याप र समस्या पनि पहिचान गरेकाले ति समस्या निराकण गरी काठमाडौंलाई स्वच्छ र जीवन्त सहर बनाउने सोचका साथ मेयर पदमा उम्मेदवारी दिन लागेको उनको भनाइ छ ।

सानैदेखि राजनीतिमा रुची राख्ने डंगोलले नेपाली युवाहरुमा विद्यमान रुपमा देखिरहेको ब्रेन ड्रेनलाई रोक्ने पनि एक मुख्य एजेण्डा रहेको बताएकी छिन् । ” युवाहरु विदेशिनुको मुख्य २ कारण भनेको नै शिक्षा र आर्थिक स्थिति हो, नेपालमा नै युवाहरुलाई आत्मनिर्भर बनाउन सकियो भने यो समस्या विस्तारै हट्दै जान्छ । इन्नोभेसनन हब संचालनमा ल्याउने, युवाहरुलाई स्वदेशमा नै रोजगारीका लागि अवसर तथा वातावरण सिर्जना गर्ने र विभिन्न प्राबिधिक तथा ब्यवसायिक तालिम प्रदान गर्ने जस्ता थुप्रै एजेण्डा मसँग छन्, उनले भनिन् ।”
डंगोलले आज शुक्रवार आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरेकी छिन् । ‘स्वच्छ, जीवन्त, सांस्कृति नगर, व्यवस्थित काठमाडौं महानगर’ भन्ने मुल नाराका साथ उनले आफ्नो चुनावी घोषणापत्रका रुपमा अल्पकालीन, मध्यकालीन र दीर्घकालीन गरी तीन प्रकारको योजना तय गरेकी छिन् ।
यस्तो छ उनको घोषणापत्र :




प्रतिकृया