• १२ साउन २०८३, मंगलबार
  • ६:२० बेलुका

सेञ्चुरी कमर्सियल बैंकले ल्यायो ‘शताब्दी बचत खाता’, के-के छन् सुविधा ?

प्रकाशित मिति

२०७९ बैशाख २ गते, शुक्रबार ०१:१५

२ बैशाख २०७९, काठमाडौं : सेञ्चुरी कमर्सियल बैंकले ‘शताब्दी बचत खाता’ संचालनमा ल्याएको छ । उक्त बचत खातामा ग्राहकहरुले वार्षिक ८।०३ प्रतिशतको उच्च ब्याजदर पाउनुको साथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । उक्त खातामा एक लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा, पाचँ लाख सम्मको दुर्घटना बीमा र एक लाखसम्मको स्वास्थ्य बीमाको व्यवस्था रहेको बैंकले जनाएको छ ।


यस्तै, सो खाता खोल्दा ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, भिषा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिने बैंकले जनाएको छ । यसका साथ साथ खाता खोल्दा ग्राहकहरुलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकताका साथ सेवा प्रदान गरिने जनाइएको छ।

Kamana Sewa

प्रतिकृया