• १४ साउन २०८३, बिहीबार
  • २:३६ बिहान

कांग्रेसबाट ललितपुर महानगरपालिकाको मेयर उम्मेदवारमा सात जना सिफारिस

प्रकाशित मिति

२०७९ बैशाख २ गते, शुक्रबार १२:१४

२ बैशाख २०७९, काठमाडौं : नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवारका लागि सात जनाको नाम सिफारिस गरेको छ। महानगरमा मेयरको उम्मेदवारको टुंगो कांग्रेस केन्द्रीय कार्यसमितिले लगाउनेछ ।


कांग्रेस ललितपुर महानगर कार्यसमितिले सभापति शुभानन धाख्वा, महाधिवेशन प्रतिनिधि भरतलाल न्याछ्ओ र प्रेमकृष्ण महर्जन, अहिलेका मेयर चिरीबाबु महर्जन, अहिलेको उपमेयर गीता सत्याल, महानगरका पूर्वसभापति राजेश महर्जन र महाधिवेशन प्रतिनिधि अनन्तप्रकाश श्रेष्ठको नाम सिफारिस गरेको हो ।

Kamana Sewa

प्रतिकृया