• २१ जेठ २०८३, बिहीबार
  • १०:०६ बिहान

गोविन्द बन्दी कानून मन्त्री नियुक्त

प्रकाशित मिति

२०७८ चैत्र २४ गते, बिहीबार ०१:४८

२४ चैत्र २०७८, काठमाडौँ : गोविन्द प्रसाद शर्मा (कोइराला)लाई राष्ट्रपति विद्यादेवी भण्डारीले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गरेकी छन्।


बिहिबार प्रधानमन्त्रीको सिफारिसलाई गोविन्द बन्दी (गोविन्दप्रसाद शर्मा कोइराला) लाई मन्त्रीमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मिति २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको ७८ को उपधारा ९१० बमोजिम नयाँ मन्त्री थपेकी हुन्।

Kamana Sewa

यसअघि कानुन मन्त्री रहेका दिलेन्द्रप्रसाद बडूलाई प्रधानमन्त्रीले सम्हालीरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार सम्हाल्ने गरी नियुक्त गरेकी छन्।

Classic Tech Desktop

प्रतिकृया