• २२ भदौ २०८३, सोमबार
  • ३ः४४ राती

आइसीसी विश्वकप क्रिकेट : पीएनजीको नेपाललाई २०५ रनको लक्ष्य

प्रकाशित मिति

२०७८ चैत्र २ गते, बुधबार ०४:१५

२ चैत २०७८, काठमाडौं : आइसीसी विश्वकप क्रिकेट लिग डिभिजन–२ अन्तर्गत त्रिकोणात्मक शृंखलामा पपुवा न्यु गिनी (पीएनजी) ले नेपाललाई २०५ रनको लक्ष्य दिएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको पीएनजीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २०४ रन प्राप्त गरेको हो ।

National Life

पीएनजीका चार्ल्स एमिनीले सर्वाधिक ५९ रन बनाए । उनले पभेलियन फर्किनुअघि ८२ बलमा सात चौका प्रहार गरे । यसबाहेक, चाड सोपरले ३५, टोनी उराले २७, लेगा सिएकाले २५ र नोर्मन भानुआले २३ रन जोडेका हुन् ।


नेपालका सोमपाल कामीले तीन विकेट लिँदा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले दुई विकेट लिए ।

Classic Tech Desktop

नेपाल आठ खेलमा आठ अंकसहित छैटौँ स्थानमा छ । नेपालले चार खेल जितेको छ भने चार खेल गुमाएको छ ।

प्रतिकृया