• २१ भदौ २०८३, आइतबार
  • ११ः५६ बिहान

आजको मौसम : यी प्रदेशमा हुँदैछ सामान्य बदली

प्रकाशित मिति

२०७८ फाल्गुन २३ गते, सोमबार ०७:३०

२३ फागुन २०७८, काठमाडौँ : हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।

National Life

कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको आँकलन छ। राति गण्डकी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


मंगलबार सुदूरपश्चिम, गण्डकी र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Classic Tech Desktop

प्रतिकृया