• २१ जेठ २०८३, बिहीबार
  • ८:४४ बिहान

थप २ हजार ५२६ जनामा कोरोना संक्रमण, १६ को मृत्यु

प्रकाशित मिति

२०७८ माघ २१ गते, शुक्रबार ०४:०६

१ माघ २०७८, काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा २५२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ६५५ जनाको पीसीआर परीक्षणमा १६०२ र ४ हजार ४१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ९२४ जनामा कोरोना पुष्टि भएको छ ।


पछिल्लो २४ घण्टामा १६ कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८ हजार ४२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Kamana Sewa

स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९२ दशमलब ९ रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया