• ५ साउन २०८३, मंगलबार
  • ६:०२ बेलुका

प्रधानमन्त्रीको विज्ञमा नुवाकोटका गजुरेल नियुक्त

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार ०३:१७

९ माघ २०७८ काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको भाषण, मन्तव्य तथा वक्तव्य विज्ञमा मङ्गलबार नियुक्त गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


गजुरेलले त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । विभिन्न अनुसन्धानात्मक कृति समेत प्रकाशित गराएका उनी राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय रहेका छन् ।

Kamana Sewa

यसअघि नेपाली काँग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहेका गजुरेलले नेपाली कांग्रेसको १३ औँ र १४ औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गरेका थिए ।

Classic Tech Desktop

प्रतिकृया