• ५ साउन २०८३, मंगलबार
  • ६:०५ बेलुका

स्थानीय चुनावमा पनि गठबन्धन मिलेर अघि बढ्ने माधव नेपालको टिप्पणी

प्रकाशित मिति

२०७८ माघ १९ गते, बुधबार ०३:०६

९ माघ २०७८, काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जेठमा हुने स्थानीय तह निर्वाचनमा पनि सत्तारुढ गठबन्धनका दलहरु मिलेर जाने टिप्पणी गरेका छन् । आज बुधबार पार्टीको विद्यार्थी संगठनले गरेको रक्तदान कार्यक्रममा उनले उक्त अभिब्यक्ति दिएका हुन् ।

‘जेठमा चुनाव हुन गइरहेको छ । त्यो चुनावमा पनि गठबन्धनका दलहरु मिलेर अगाडि बढ्नेछ’ उनले भने, ‘ त्यसका लागि हामीले छलफल चलाइरहेका छौं ।’

Kamana Sewa

अध्यक्ष नेपालले कसैले चाहना राख्दैमा सत्तारुढ गठबन्धन नटुट्ने पनि बताए । ‘कसैले चाहना राखेका होलान्, गठबन्धन तोडौं भनेका होलान्, गठबन्धन तोड्नुस् साथ दिन्छौं पनि भनेका होलान् । सबै खालका कोशिस भइरहेको होलान् । तर उनीहरुको गलत मनसाय सफल हुनेवाला छैन’ उनले भने ।

Classic Tech Desktop

प्रतिकृया