• २० असोज २०८३, मंगलबार
  • ११ः३५ बिहान

मन्त्रीको बाटो छेकेर पुल्चोकमा अनेरास्ववियुले देखायो कालो झण्डा

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ११:३२

१८ माघ २०७८, काठमाडौँ :  नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ताहरुले एक मन्त्रीलाई घेरा हाली कालो झण्डा देखाएका छन् । अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालका अनुसार ललितपुरको पुल्चोकमा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की चढेको गाडीको बाटो छेकेर कालो झण्डा देखाएकाहुन् । ।

National Life

उनीहरुले मुर्दावादको नारा लगाउँदै प्रदर्शन गरेकाे एकछिनपछि मात्र प्रहरी आएर उनीहरुलाई हटाइएकाे थियाे । अनेरास्ववियुका कार्यकर्ताहरु त्याहाँबा६ हटेपछि मात्र मन्त्री कार्की गन्तव्यमा लागेका छन् ।


केन्द्रीय कमिटीको योजना अनुसार नै सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीलाई कालो झण्डा देखाएको अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष बरालले बताइन्। स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेकले केन्द्रीय कमिटीको योजना अनुसार नै कालो झण्डा देखाएकाे उनले प्रश्ट पारिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

उनका अनुसार मन्त्री कार्की मन्त्री निवासबाट सिंहदरबारतर्फ गइरहेको बेला कालो झण्डा देखाइएको हो

प्रतिकृया