• ४ साउन २०८३, सोमबार
  • ७:५० बेलुका

ललितपुर महानगरमा ७ ठाउँमा सूचना केन्द्र स्थापना

प्रकाशित मिति

२०७८ माघ १८ गते, मंगलवार ११:४३

१८ माघ २०७८, काठमाडौं : ललितपुर महानगरपालिकाका ७ स्थानमा सूचना केन्द्र स्थापना गरिएको छ । नगर प्रमुख चिरिबाबु महर्जनको निर्देशनमा नगर प्रहरी बलले विभिन्न स्थानमा गरी ७ वटा सूचना केन्द्र स्थापना गरेको हो ।


नगर प्रहरी प्रमुख सिताराम हाछथुका अनुसार महानगरभित्रका सबै चासो, गुनासो र समस्याका विषयमा जानकारी लिन र दिन सूचना केन्द्रको स्थापना गरिएको हो । जावलाखेल, लगनखेल, हरिसिद्धी, धापाखेल, नखिपोट, भैंसेपाटी र सानेपामा सूचना केन्द्रको स्थापना गरिने उनले बताए । नगर प्रमुख हाछेथुले रिङरोड भित्र ३ र बाहिर ४ वटा सूचना केन्द्र स्थापना गरिने जानकारी दिए ।

Kamana Sewa

महानगरपालिकाले नगरभित्रका नगरबासीलाई दैनिक जीवनयापनका क्रममा भोग्नुपर्ने सम्पूर्ण समस्याहरुको जानकारी गराउन र लिन सकिने नगर प्रमुख हाछेथु बताउँछन् ।

Classic Tech Desktop

प्रतिकृया