• २१ भदौ २०८३, आइतबार
  • ३ः५१ राती

ओमिक्रोनपछि कोरोना महामारी सकिन्छ भन्नु खतरनाक : डब्लूएचओ

प्रकाशित मिति

२०७८ माघ ११ गते, मंगलवार ०८:५६

११ माघ २०७८, काठमाडौँ : विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोरोनाको उत्परिवर्तित स्वरुप ओमिक्रोन अन्तिम भेरियन्ट हुनसक्ने सोच्नु खतरनाक हुने चेतावनी दिएको छ। डब्लूएचओका प्रमुख डा। ट्रेडोस एडहनोम गेब्रेसियसले ओमिक्रोन कोरोनाको अन्तिम भेरियन्ट भएको र कोरोना महामारी सकिने चरणमा रहेको सोच्नु खतरनाक हुनसक्ने चेतावनी दिएका हुन्।

National Life

उनले कोरोना महामारी कसरी अन्त्य हुन्छ भन्ने बारेमा अलग अलग परिदृश्य रहेको उल्लेख गरे। उनले ओमिक्रोनपछि कोरोना महामारी अन्त्य हुन्छ भन्नु खतरनाक भएको स्पष्ट पारे। कोरोना महामारी अन्त्य हुन्छ भनिरहँदा कोरोनाको नयाँ भेरियन्ट देखिन सक्ने तर्फ ट्रेडोसले सबैलाई सचेत पनि गराए। उनले कोरोना महामारीले सिर्जना गरेको स्थिती परिवर्तनको लागि महामारी फैलिनुको कारण रोक्न आवश्यक भएको बताए।


सोमबार केही संचार माध्यमले डा. ट्रेडोसको यो भनाइलाई ओमिक्रोन अन्तिम भेरियन्ट भएको भन्दै खबर लेखेका थिए।

Classic Tech Desktop

प्रतिकृया