• २१ भदौ २०८३, आइतबार
  • ८ः२३ बिहान

पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २५ हजार नाघे

प्रकाशित मिति

२०७८ माघ २ गते, आईतवार ०४:४१

२ माघ २०७८, काठमाडौँ : पछिल्लो २४ घण्टामा ४९६१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १३१ जनाको नमुना परीक्षण गर्दा ४ हजार ९६१ जनामा संक्रमण पुष्टि भएको हो ।

National Life

यससँगै देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या २५ हजार ६८० पुगेको मन्त्रालयले आइतबार जानकारी दिएको छ ।बितेको २४ घण्टामा ३ जनाको कोरोनाबाट मृत्यु भएको छ भने निको हुनेको संख्या ४३५ जना रहेका छन् ।

प्रतिकृया