बैंक अफ काठमाण्डूले गैरआवासीय नेपालीलाई लक्षित निक्षेप खाता सार्वजनिक
प्रकाशित मिति
२०७८ माघ २ गते, आईतवार ०५:२९
२ माघ २०७८, काठमाडौँ : बैंक अफ काठमाण्डू लिमिटेडले विश्वभरि रहेका गैरआवासीय नेपाली महानुभावहरुको लागि बैंकिङ्ग सेवा तथा सुबिधाहरु प्रदान गर्ने उद्देश्यले उच्चतम् लाभलाई मध्य नजर गर्दै बिओके एनआरएन निक्षेप खाता सार्वजनिक गरेको छ ।
विदेशमा बसि आफ्नो परिश्रम गरि आयआर्जन गरिरहेका ग्राहक महानुभावहरुलाई आफ्नो मातृभूमीमा रहेको यस बैंकमा खाता खोली उच्चतम् प्रतिफल लिन बैंकले अनुरोध गरेको छ ।
गैरआवासीय नेपाली महानुभावहरुले यस बैंकमा युसडि, इयुआर, जिबिपि ,एयुडि, सिएडि ,तथा जेपिवाई मुद्राहरुमा बैंक खाता खोल्न सक्ने जनाएको छ । यस बैंकमा एनआरएन निक्षेप खाता खोल्दा गैरआवासीय नेपाली महानुभावहरुले अधिकतम् ५.५% सम्मको वार्षिक ब्याजदर पाउनेछन् ।
साथै, गैरआवसीय नेपाली महानुभावहरुले यस निक्षेप खाता खोलेमा बैंकले विशेष बैंकिङ्ग सेवा तथा विदेशी विनिमय कारोबारमा आकर्षक विनिमय दरको लाभ लिन सकिने जनाएको छ । बैंकले सार्वजनिक गरेको उक्त निक्षेप खाताले विदेशमा रहेका गैरआवासीय नेपाली महानुभावहरुले आर्जन गरेको रकमको उच्चतम् प्रतिफलका साथै मातृभूमीमा सहज बैंकिङ्गको अनुभव लिन पाउने विश्वास बैंकले लिएको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ९४ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रतिकृया