प्रहरीको आवास तथा सामूदायिक भवन निर्माण :भक्तपुर खरिपाटी
प्रकाशित मिति
२०७६ असार १६ गते, सोमबार ०१:१६
चाँगुनारायण नगरपालिका–७ खरिपाटीमा सामूदायिक तथा प्रहरीको आवास भवन निर्माण गरिएको छ ।

चाँगुनारायण नगरपालिकाको २६ लाख ५७ हजार र स्थानीयको २ लाख ४८ हजार गरि २९ लाख ५ हजार रुपैयाँको लागतमा भवन निर्माण गरिएको निर्माण समितिका अध्यक्ष राजकुमार लामिछानेले जानकारी दिए ।
३ आना जग्गामा निर्माण भएको भवनको पहिलो तल्लामा चाँगुनारायण क्षेत्रमा विपद पर्दा आकस्मिक उद्धार तथा राहतका सामग्री भण्डारण गर्ने कक्ष र दोस्रो तल्लामा प्रहरी जवानको आवास स्थान निर्माण गरिएको महानगरिय प्रहरी प्रभाग खरिपाटीका प्रहरी नायव निरिक्षक जयराम दुलालले जानकारी दिए ।

निर्माण सम्पन्न भएको भवनको चाँगुनारायण नगरपालिकाका प्रमुख सोम प्रसाद मिश्र र महानगरिय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरिक्षक सविन प्रधानले संयुक्त रुपमा उद्घाटन गरे ।पूर्वाधार विकासका लागि नगरपालिकाले ८० करोड विनियोजन गरेको र सुरक्षा निकायको भौतिक संरचना निर्माणका लागि पनि प्राथमिकिकरणमा राखेको जानकारी दिए ।
भवन उद्घाटन कार्यक्रममा नगर प्रमुख मिश्रले नगर क्षेत्रको शान्ति, सुरक्षा, अपराध नियन्त्रण, लागु औषध नियन्त्रणलगायतका सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण तथा व्यवस्थापन कार्यलाई नगरपालिकाले उच्च प्राथमिकतामा राखेको बताए ।



प्रतिकृया