• २१ जेठ २०८३, बिहीबार
  • ८:५९ बिहान

ललिता निवास प्रकणका मुख्य अभियुक्त ढकाल माथि राजस्व छलीको मुद्दा दायर,एक अर्ब २० करोड मागदाबी

प्रकाशित मिति

२०७८ पुष २० गते, मंगलवार ०५:१७

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा सारेको प्रकणका मुख्य अभियुक्त शोभाकान्त ढकालमाथि राजस्व छलीको मुद्दा दायर भएको छ । राजस्व अनुसनधान विभागले मंगलबार ढकालसहित पाँचजना विरुद्ध मुद्दा दायर गरेको छ ।


विभागले ढकाल, सरोज ढकाल, उमा कुमारी ढकाल, सान्टु श्रेष्ठ र राजेश्वर श्रेष्ठका विरुद्धमा उच्च अदालत पाटनमा राजस्व छलीको मुद्दा दायर गरेको हो। विभागले दुई अर्ब ४० करोड ९८ लाख ३५ हजार ६ सय ४८ रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ ।

Kamana Sewa

शोभाकान्त सञ्चालक रहेको आनसान प्रालिको लेखा परीक्षण राजेश्वर एण्ड कम्पनीका प्रोपाइटर राजेश्वर श्रेष्ठले गरेका थिए । श्रेष्ठले राजश्व चुहावट गर्ने मनासायले जालसाजीयुक्त, नक्कली तथा झुठो मूल्य अभिवृद्धि कर विवरण तयार गरेको भेटिएको विभागले दाबी गरेको छ ।

Classic Tech Desktop

विभागले जारी गरेको विज्ञप्ति :

प्रतिकृया