चौधरी फाउण्डेसनले कान्ती बाल अस्पतालको इमरजेन्सी वार्ड स्तरोन्नति गर्ने
प्रकाशित मिति
२०७८ पुष १० गते, शनिबार ०३:४५
१० पुस २०७८, काठमाडौँ : चौधरी फाउण्डेसनले कान्ति बाल अस्पतालमा इमरजेन्सी वार्डको स्तरोन्नति गर्ने भएको छ। शुक्रबार फाउण्डेसन र अस्पतालबीच हालको १२ शय्यालाई विस्तार गरी २५ शय्याको इमरजेन्सी वार्ड निर्माण गर्ने सम्झौता भएको हो।
अस्पतालमा आयोजित एक कार्यक्रमबीच फाउण्डेसनका तर्फबाट उपाध्यक्ष निर्वाण चौधरी र अस्पतालका तर्फबाट निर्देशक प्रा.डा. अजित रायमाझीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
‘हाम्रा बालबालिकाको भविष्य सुनिश्चित गर्नु हाम्रो कर्तव्य हो,’ चौधरी फाउण्डेसनका अध्यक्ष विनोद चौधरीले भने, ‘त्यसैले हामीले बालबालिकाको स्वास्थ्य र शिक्षामा विशेष ध्यान दिनुपर्छ।’ अध्यक्ष चौधरीले दूर(दराजसम्मका सर्वसाधरण र निम्न आर्थिकस्तर भएका नागरिकका सन्तानले पनि सर्वसुलभ र गुणस्तरीय उपचार सेवा पाउन भन्ने ध्ययले आफूहरुले कान्ती बाल अस्पताललाई सहयोग गरेको बताए।
अस्पतालका तर्फबाट बोल्दै निर्देशक प्रा.डा. अजित रायमाझीले चौधरी फाउण्डेसनले गरेको सहयोगका लागि कृतज्ञता व्यक्त गरे। उनले चौधरी फाउण्डेसनबाट आगामी दिनमा पनि निरन्तर सहयोग पाउनेमा विश्वस्त रहेको बताए।
फाउन्डेशनले कान्ति बाल अस्पतालका अतिरिक्त सोलुखुम्बु जिल्लाको नाम्चे स्थित माउन्टेन मेडिकल इन्सटिट्युटलाई सहयोग गर्ने पनि बताएको छ।








प्रतिकृया