• १९ असोज २०८३, सोमबार
  • ११ः५१ राती

एमसीसी हाउसमा लान साइत हेरिरहनु पर्दैन: गृहमन्त्री खाँण

प्रकाशित मिति

२०७८ पुष १० गते, शनिबार ०४:०७

१० पुस २०७८, काठमाडौँ :  ‘एमसीसी हाउसमा लैजान साइत हेरिरहनु पर्दैन’ पत्रकारसँगको भेटमा गृहमन्त्री खाँणले भने, ‘सदनबाट पास गर्ने प्रावधान नेपाल सरकारले नै राखेको हो त्यसैले यो पास हुनुपर्छ र टुंगो लाग्नुपर्छ। हिजो एमसीसी भित्र्याउने बेला पनि अहिलेको गठबन्धनका दलहरु सबै थियौं।

National Life

अहिले पनि हामी सबै छौं।’ अनुमोदनका विषयमा गठबन्धनभित्रै समझदारी बन्न नसकेमा के गर्ने भन्ने विषय छलफलमै रहेको तर टुंगो लागिनसकेको उनले बताए।


एमसीसी नेपालले प्रस्ताव गरी अमेरिकी सरकारले स्वीकृत गरेको विकास परियोजना भएकाले यसमा विवाद गर्न नहुने गृहमन्त्री खाँणको तर्क छ। ‘एमसीसी नेपालले नै प्रस्ताव गरेको विकास परियोजना हो त्यसैले हामी सबै यसमा सकारात्मक रहनुपर्दछ’, उनले भने, ‘विद्युत ट्रान्समिसन निर्माण, सडक निर्माण, गरिबी निवारण र रोजगारीका लागि यो परियोजना नेपाल सरकारले प्रस्ताव गरेको र अमेरिकाले स्वीकृत गरेको मात्र हो। यो कुनै सैन्य गठबन्धन होइन।’

Classic Tech Mobile
Classic Tech Desktop

अमेरिकी नागरिकको करबाट प्राप्त अनुदानको सही सदुपयोग होओस् भनेर अमेरिकाले गरेको चासो र चिन्तालाई अन्यथा अर्थ लगाउन नहुने उनको दाबी छ।


श्रृङ्खलावद्ध निर्वाचन गर्न आयोग तयार रहेमा समुचित प्रवन्ध गर्न सरकार तयार रहेको उनले बताए। ‘स्थानीय तह र आमनिर्वाचनका लागि पनि चर्चा चलिरहेको छ तर निर्क्यौल निक्लिएको छैन। निर्वाचन आयोगले भनेको जसरी नै निर्वाचनको तयारी र पूर्वतयारी गर्न सरकार तयार छ।’ निर्वाचन आयोगले प्रस्ताव गरेअनुसार व्यवस्थापन गर्न र सुरक्षा प्रदान गर्न सरकार सक्षम रहेको उनले बताए।


शनिबार गोरखा आएका गृहमन्त्री खाँडले गोरखा उद्योग वाणिज्य संघको सोह्रौं अधिवेशनको उद्घाटन गरेका छन्। यसअघि नेपाली कांग्रेसका अगुवा कार्यकर्तासँग अन्तरक्रिया समेत गरेका थिए।

प्रतिकृया