• २० असोज २०८३, मंगलबार
  • १ः०७ राती

मास्क लगाएरै कांग्रेस नेताले गरे प्रमाणपत्र ग्रहण

प्रकाशित मिति

२०७८ पुष १० गते, शनिबार ०३:१८

१० पुस २०७८, काठमाडौँ : महाधिवेशनबाट पार्टी महामन्त्रीमा विजयी गगन र विश्वप्रकाशलाई प्रमाणपत्र वितरण गर्दै महाधिवेशन निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरे । कोभिड-१९ कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गरी सत्तारुढ दल कांग्रेसका नेताहरुले मास्क लगाएरै प्रमाणपत्र ग्रहण गरेका छन्।

National Life

१४ औं महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यले शनिबार आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गरेका हुन्।


केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले पार्टीको केन्द्रीय कार्यालय सानेपामा शनिबार आयोजित समारोहमा सभापति शेरबहादुर देउवा, महासचिव विश्वप्रकाश शर्मा, गगनकुमार थापालगायत पदाधिकारी र केन्द्रीय सदस्यहरुलाई प्रमाणपत्र हस्तान्तरण गरे।

Classic Tech Mobile
Classic Tech Desktop

मंसिर २४ गतेदेखि २७ सम्म भएको कांग्रेसको १४ औं महाधिवेशनबाट १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमिति निर्वाचित भएको थियो।

प्रतिकृया