• २ असोज २०८३, शुक्रबार
  • १२ः१६ दिउँसो

माओवादीको बागमती प्रदेश पदाधिकारीमा को-को ?

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०७:४६

पुस ६ २०७८, काठमाडौँ : नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दिनानाथ गौतमलाई पराजित गरी पौडेल बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याएका छन् भने गौतमले ८६ मत मात्र पाए । यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेम बहादुर पुलामी छिन्तु र रामप्रसाद ढुंगाना विजयी भएका छन् ।

National Life

सचिव इन्द्र बहादुर थिङ छिन्ताङु निर्वाचित हुँदा सह सचिवमा दल बहादुर बुर्लाकोटी बिजयु, माधव लामिछाने समिरु र प्रकाश श्रेष्ठले बाजी मारेका छन् । यस्तै कोषाध्यक्षमा संगिता भट्टराई निर्वाचित भएकी छन् ।

प्रतिकृया