• २ असोज २०८३, शुक्रबार
  • १०ः२१ बिहान

अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा आजदेखि अर्किड आइडल डान्स कम्पिटिसन हुदै

प्रकाशित मिति

२०७८ पुष ६ गते, मंगलवार ०७:३९

६ पुस २०७८, काठमाडौँ : गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलले प्रत्येक बर्ष आयोजना गर्दै आइरहेको आर्किड आइडल डान्स कम्पिटिसन २०७८ आजबाट हुने भएको छ । विद्यालयका फाउण्डर प्रेम कुमार भुजेलले आठौँ सिजन आजबाट आयोजना हुन लागेको जानकारी दिए।

National Life

उनका अनुसार आज मंगलबार अडिसनका साथै फस्ट राउण्ड हुनेछ । यसैगरी आउदो शुक्रवार सेकेण्ड राउण्ड पुरा हुनेछ । जसको ग्राण्ड फिनाले भने दोस्रो हप्ताको मंगलबार हुनेछ । करिब १०० जना विद्यार्थी सहभागी हुने उक्त डान्स आइडलमा टप १० जनालाई सर्टिफिकेट प्रदान गरिनेछ । यसैगरी टप ३ जनालाई ट्रफि प्रदान गरिनेछ । साथै भेषभुषालाई समावेश गरि डान्स गर्ने एक जना र हाउभाउ सहितको आकर्षण नृत्य गर्ने एक जना गरि थप २ जनालाई समेत ट्रफि प्रदान गरिनेछ । जसमा टप ३ सहित अन्य २ जना गरि ५ जनाले ट्रफि हात पार्नेछन् ।


विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको बहुप्रतिभालाई प्रस्फुटन गर्ने उद्देश्यले प्रत्येक बर्ष आयोजना हुने अर्किड आइडल डान्स कम्पिटिसनको यस बर्ष आठौँ संस्करण हो । संस्कार सहितको शिक्षा प्रदान गर्दै आइरहेको यस अर्किड स्कुलमा पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत जोड दिदै आइरहेको छ । विद्यार्थीको प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले विभिन्न समयमा क्रिकेट, भलिवल लगायत अन्य खेलकुदका साथै नृत्य प्रतियोगिता, हाजिरिजवाफ प्रतियोगिता, बक्तृत्वकला, निवन्ध लेखन, बादविवाद प्रतियोगिता लगायतका अतिरित्तः क्रियाकलाप गर्दै आइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया