‘बैंक अफ दि इयर एशिया २०२१’ अवार्ड एनएमबि बैंकलाई, एशियाकै उत्कृष्ठ बैंक सावित
प्रकाशित मिति
२०७८ मंसिर १६ गते, बिहीबार १२:३३
१६ मंसिर २०७८, काठमाडौं: एनएमबि बैंक ‘बैंक अफ दि इयर एशिया २०२१’ बाट सम्मानित भएको छ । बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले एनएमबिलाई ‘दि बैंक अफ दि इयर एसिया २०२१’ बाट एनएमबि बैंक सम्मान गर्ने निर्णय गरेको हो ।
द बैंकर म्यागेजिनले १०३ बर्ष अघिदेखि विश्वका उत्कृष्ट बैंक अवार्ड प्रदान गर्दै आएको छ । एनएमबिले प्राप्त गरेको उक्त अवार्ड प्रधानमन्त्री शेरबहादुर देउवाले बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई बुधबार हस्तान्तरण गरेका छन् ।
यो अवार्डको प्रतिस्पर्धामा ४८ वटा देशका बैंकहरु थिए । ती सबे बैंकमध्ये एनएमबि बैंकले यो अवार्ड हात पारेको हो । नेपाली बैंकमध्ये एनएमबि नै यो अवार्ड प्राप्त गर्ने पहिलो बैंक समेत बनेको छ ।
यससँगै एनएमबि बैंक एशियाको उत्कृष्ट बैंक बन्ने पहिलो बैंक तथा नेपालमा पाँच वर्षमा चौथोपटक बैंक अफ इयर समेत बनेको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले १३ वर्षको बैंकिङमा एनएमबी बैंकले यो स्थानमा पुग्नु गर्वको विषय भएको बताए ।
सन् २००० मा स्थापित “बैंक अफ द इयर अवार्ड” प्रत्येक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्यपूर्वी युरोप, एसिया, अमेरिका, मध्यपूर्व र अफ्रिका गरी ६ वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ । यो पुरस्कारलाई विश्वभरका बैंकहरूको मूल्याङ्कन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रूपमा लिइन्छ।






प्रतिकृया