• २ असोज २०८३, शुक्रबार
  • ३ः२९ दिउँसो

सहमतिमै सभापतिको उम्मेदवार चयन गर्छौं : पौडेल

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०६:३३

१२ मंसिर २०७८, काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समझदारीमै सभापतिको उम्मेदवार तय हुने दावी गरेका छन् । आइतबार काठमाडौंमा ‘कांग्रेसको अबको बाटो : रुपान्तरणका दश सुत्र’ पुस्तक सार्वजनिक कार्यक्रममा नेता पौडेलले सभापतिका आकांक्षीहरुबीच छलफल भइरहेको बताए । उनले भने, ‘हामीहरु छलफलमै छौं, एक–दुई दिनमै सहमतिमै उम्मेदवार टुंग्याउँछौं ।’

National Life

सभापतिका आकांक्षी पौडेलले महाधिवेशन अघि कांग्रेसको आगामी कार्यदिशाबारे आफ्नो अवधारणा पत्र सार्वजनिक गरेका हुन् । पौडेल समूहले सहमतिमै उम्मेदवार तय गर्ने बताउँदै आएको छ तर आकांक्षीहरुले भने अडान नछोड्दा सहमतिको सम्भावना न्यून बन्दै गएको पौडेल समूहकै नेताहरुको भनाइ छ ।


पौडेल समूहबाट सभापतिमा चार आकांक्षी छन् । नेता पौडेलसहित महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । निर्वाचन समितिले केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता भने मंसिर २१ गते नै सुरु गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

प्रतिकृया