• २ असोज २०८३, शुक्रबार
  • २ः१९ दिउँसो

हलभित्र पटाका नपड्काउन फ्यानलाई सलमानको आग्रह

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०६:५२

१२ मंसिर २०७८, काठमाडौं : सलमान खान अभिनित चलचित्र ‘अन्तिम’ शुक्रबारदेखि हलमा प्रदर्शन भइरहेको छ । यो चलचित्रले अपेक्षाकृत ओपनिङ भने गर्न सकेन । शुक्रबार ४.६० करोड भारुको व्यापार गरेको चलचित्रले शनिबार साढे ५ करोडको व्यापार गरेको छ ।

National Life

‘अन्तिम’ हेर्न पुगेका सलमानका फ्यानहरुले केही स्थानमा हलभित्रै पटाका पड्काएका छन् । हलभित्रै पटाका पड्काएर खुशीयाली बाँडेकोमा सलमान भने भड्किएका छन् । उनले यस्तो काम नगर्न आफ्ना प्रशंसकहरुलाई आग्रह गरेका छन् ।


सामाजिकमार्फत सलमानले हलमा गएर चलचित्रको मनोरञ्जन लिन आग्रह गर्दै सुरक्षाको दृष्टिकोणबाट समेत असुरक्षित रहेको पटाका नपड्काउन आग्रह गरेका छन् । यसले हलमा जाने सबैको ज्यान जोखिममा पर्ने सलमानले बताएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

सलमानले हल सञ्चालकहरुलाई समेत यस्ता गतिविधि गर्न नदिन र पटाका लिएर हल छिर्नेहरुलाई प्रवेश नदिन अपील गरेका छन् ।बलिउडका केही स्टारका प्रशंसकहरुले चलचित्र रिलिजको समयमा हलभित्रै पटाका लिएर जाने गरेका छन् ।

प्रतिकृया