• २ असोज २०८३, शुक्रबार
  • ५ः३३ बेलुका

कुटपिट गरी हत्या गरेको अभियोगमा युबक पक्राउ

प्रकाशित मिति

२०७८ मंसिर १२ गते, आईतवार ०५:४३

१२ मंसिर २०७८, काठमाडौं : जयपृथ्वी नगरपालिका- ७ ज्वाडा बस्ने ४६ वर्षीय पिरू भण्डारीको कुटपिट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र थापालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

National Life

प्रहरीक अनुसार रोजगारीको लागि भारततर्फ जाँदै गरेका छोरालाई सडकसम्म गएर बस चढाई घरतर्फ फर्किने क्रममा मादक पदार्थ सेवन गरेका पीरूले सोही ठाउँस्थित दिपेन्द्रको पानी घट्टभित्र दिपेन्द्रलाई गालीगलोज गरेका थिए । दिपेन्द्रले सम्झाउँदा उल्टै बलेको अगुल्टोले प्रहार गरेपश्चात दिपेन्द्रले कुटपिट गर्दै वाहिर धकेल्दा पछारिई घाइते भएका पीरूको उपचारको लागि जिल्ला अस्पताल बझाङ पुर्‍याउँदा मृत्यु भएको हो ।


खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले दिपेन्द्रलाई पक्राउ गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिकृया