सामाजिक सेवा दिवसको सन्दर्भमा बृक्षारोपण
प्रकाशित मिति
२०७८ आश्विन १५ गते, शुक्रबार ११:४९
१३ असोज, २०७८ भक्तपुर : सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित माता पाथीभरा वैष्णवदेवी मन्दिर परिसरमा बुधबार बृक्षारोपण गरिएको छ । गौसंरक्षण केन्द्र भक्तपुर, गैरसरकारी संस्था महासंघ नेपाल भक्तपुर, श्रीमद् भागवत गौ संरक्षण केन्द्र र मानव कल्याण समाज नेपालको संयुक्त आयोजनामा मन्दिर परिसरमा ४३औं सामाजिक सेवा दिवसको अवसरमा बृक्षारोपण गरिएको हो ।
बृक्षारोपण गर्दै प्रमुख अतिथि गैरसकारी संस्था महासंघ नेपालका अध्यक्ष जीतराम लामाले माता पाथीभरा मन्दिर पवित्र धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुँदै गएकाले यस क्षेत्रको विकासमा सबै पक्षले आआफ्नो स्थानबाट सहयोग गर्नुपर्ने जनाए । कार्यक्रममा विशेष अतिथि १०८ भावगत बाचक एवं गौ संरक्षण केन्द्रका संरक्षक अरबिन्द्र गौतम शास्त्रीले “नैनंम् छिन्दन्ती शास्त्राणी” भन्ने गीताको श्लोक उच्चारण गर्दै मानवले दशैंमा नयाँ कपडा लगाएर पुराना कपडा फालेका जस्तो यो शरिर भित्र रहेको आत्मा परमात्मामा निन हुने बताए।

उनले बसुदैव कुटुम्भ भन्ने भनाइलाई आत्मसाथ गर्दै उनले अहिले आश्रममा गुरुकुल सञ्चालन गरेर सामाजिक कार्य गरिरहेको बताए । गौ संरक्षण केन्द्र नेपालका अध्यक्ष नारायणप्रसाद न्यौपानेले मन्दिर परिसमा बृक्षारोपण कार्यले हरियाली प्रबद्र्धन हुनुका साथै सामाजिक कार्यमा लाग्न सबैमा उत्प्रेरणा जागृत भएको बताए ।

मानव कल्याण समाजका अध्यक्ष सुमित्रा चौलागाईले मानव कल्याण समाजले असाहय र बेसाहरा नागरिकलाई नाना, खाना र छानाको व्यवस्था गरी अभिभावकत्व ग्रहरण गरिरहेको बताए । कार्यक्रममा श्रीमद्भागत गौ संरक्षण केन्द्रका बरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम सञ्चालक अर्जुनकुमार गैडापिपले, गौ संरक्षण केन्द्रका सल्लाकार संयोजक धुव्रनारायण श्रेष्ठ, सल्लकार सदस्य पूर्व अधिवक्ता अविकेशर पोखरेल, गौसंरक्षण केन्द्रका सबै पदाधिकारी, गैसस भक्तपुरका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।




प्रतिकृया