• 5:07 pm

एमाले महाधिवेशनमा यस्तो छ खानाको परिकार (फोटो सहित)

प्रकाशित मिति

२०७८ आश्विन १५ गते, शुक्रबार ०१:०३

१५ असोज, २०७८ काठमाडौँ : नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि तीन दिनसम्म कार्यक्रमस्थलमै खाना र खाजाको व्यवस्था गरिएको छ ।


टेण्डरमार्फत खाना र खाजाको व्यवस्था गरेको एमालेले करिब ६ हजार प्रतिनिधिका लागि पहिलो दिनको खानामा दाल भात, अचार तरकारीसहित कुखुरा र खसीको मासुका व्यञ्जन समेटेको छ ।


सलादमा मुला,गाँजर, काँक्रो, लगायत राखिएको छ भने भात नखानेलाई रोटीको व्यवस्था गरेको छ । डेर्जटमा दही जेरी राखिएको छ । एमालेको महाधिवेशनमा खाना खुवाउने जिम्मा ए वान पार्टी प्यालेसले पाएको छ ।

प्रतिकृया