मानव बेचबिखनमा संलग्न रहेको अभियोगमा १ जना पक्राउ
प्रकाशित मिति
२०७८ आश्विन १५ गते, शुक्रबार ११:४३

१५ असोज, २०७८ काठमाडौँ : मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मोदी गाउँपालिका-५
बस्ने २४ वर्षीय सुर्यबहादुर भण्डारीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
१४ वर्षीया किशोरीलाई असोज ६ गते भण्डारीले प्रेमको नाटक गरी विभिन्न प्रलोभनमा पारी नेपाल भारत सिमाना जोगबनी पुर्याएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनलाई कुश्मा नगरपालिका-६ शिवालय चोकबाट पक्राउ गरेको हो ।
उनी उपर मानव बेचबिखन तथा ओसारपोसार मुद्दामा जिल्ला अदालत पर्वतबाट १० दिन म्याद थप लिई आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।
जंगली बँदेलको मासु सहित २ जना पक्राउ
सुनसरी, इनरुवा नगरपालिका-४ बसपार्क नजिकबाट ३३ किलो जंगली बदेलको मासु सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कोशी गाउँपालिका-६ बस्ने बिसे शर्मा र उदय मुखिया मलाह रहेका छन् ।
स.१ प ९१७६ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा ल्याउँदै गरेको उक्त मासु सहित फेला पारी मोटरइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
बरामद मासु सहित उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय सुनसरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
प्रतिकृया