• १३ असोज २०८३, मंगलबार
  • १०ः५६ राती

सर्वोत्तम स्टील उद्योगमा विष्फोट ११ जना घाइते

प्रकाशित मिति

२०७८ भाद्र १० गते, बिहीबार ०४:१७

१० भाद्र, २०७८ काठमाडौँ : वीरगञ्जमा निर्माणधिन सर्वोत्तम स्टील उद्योगमा विष्फोट, ११ जना घाइते
वीरगञ्ज– वीरगञ्जको जगरनाथपुर टोलमा निर्माणाधिन अवस्थामा रहेको सर्वोत्तम स्टील उद्योगमा भएको विष्फोटमा परी घाइते भएका ११ जना मजदूरलाई उपचारको लागि नारायणी बयोदा अस्पताल पठाइएको छ।

National Life

विष्फोटमा घाइते भएका मजदूरहरुको शरीरको अधिकांश भाग जलेको अवस्थामा रहेको र उनीहरुको नारायणी बयोदा अस्तालमा उपचार भइरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए। प्रवक्ता खनालका अनुसार बिहीबार दिउँसो सवा १२ बजेतिर अचानक उद्योगको भट्टीमा बिस्फोट भएको थियो।


विस्फोटको आवाज आसपासका गाउँहरुमा सुनिएपछि स्थानीयबासीहरु उद्योगको गेटमा पुगेका थिए। उनीहरुले आफ्ना आफन्तहरु पनि उद्योगमा काम गरिरहेको भन्दै भित्र पस्न कोशिस गरेपनि उद्योग प्रशासन र प्रहरीले उद्योग परिसरमा पस्न दिएन।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया