• १३ असोज २०८३, मंगलबार
  • ११ः३१ राती

दुर्लभ थापा : अधिवेशन तयारीकाे बेलामा पार्टी कार्यालयमा धर्ना बस्ने ? (भिडियो सहित)

प्रकाशित मिति

२०७८ भाद्र १० गते, बिहीबार ०४:०७

१० भाद्र, २०७८ काठमाडौँ : नेपाली कांग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले अधिवेशन नजिकिँदै जाँदा विभिन्न बखेडा झिकेर धर्नामा बस्नु गलत भएको भन्दै आक्रोश पोखेका छन् । उनले भने,‘हामीलाई त अधिवेशनको समय घर्किँदै गर्दा खासै केही समस्या नहोला । तर, कालिकोट, मुगुको सभापतिलाई समस्या होला ।

National Life

अधिवेशनको माहोल तयार पार्ने वा पार्टी कार्यालयमा बसेर धर्ना बस्ने ? यसको जवाफ म दिन्नँ । म सबैलाई पार्टीको महाधिवेशनमा विन्रमतापूर्वक सहभागी हुन आग्रह गर्छु । धर्नाको औचित्य छैन् ।’ आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहलाई जिल्ला सभापतिहरु उचालेर महाधिवेशन भाँड्ने क्रियाकलाप गरेको भन्दै आफू त्यसको विरुद्धमा रहेको स्पष्ट पारे ।


उनले आफूहरुले क्रियाशिल वितरण सर्वसम्मत रुपमा वितरण गरेको पनि सुनाए । उनले भने,‘भक्तपुरमा हामीले क्रियाशिल र नविकरणपनि केन्द्रीय परिपत्र र विधानअनुसार नै गरेका हौं । भक्तपुरमा क्रियाशिलको विवाद छैन् । अरु ७६ जिल्लामा पनि साथीहरुले नविकरण र वितरण गर्नुभयो होला भन्ने लागेको थियो । तोकिएको समयभन्दा अघि नै हामीले काम सम्पन्न गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

हिजो समायोजनको प्रक्रियामा जाँदै गर्दा फोरम लोकतान्त्रिक र राप्रपाबाट आएका साथीहरुलाई पनि उचित रुपमा समायोजना गरेकै हो, यसमा समायोजन समिति गठन गरेर समायोजन गरेको हो । को सहमहामन्त्री बन्यो ? को केन्द्रीय सदस्य बन्यो रु कसले महासमिति सदस्य बन्यो भन्दापनि सबैले पार्टीको निर्णय मान्नुपर्छ ।’



थापाले अहिले कांग्रेस वैधानिक संकटमा छ भन्ने कुरा पनि आएको उल्लेख गर्दै भने,‘वर्तमान सभापतिले महाधिवेशन गर्न नसक्ने भनेर पनि कुरा आयो । तर, सर्वसम्मतीले १४औं महाधिवेशनको मिति तय भएको छ । क्रियाशिल सदस्यताको विवाद पनि समाधान भएको थियो । देशभरिका साथीहरु हर्षोल्लासका साथ सहभागी हुने वातावरण बनिरहेको बेला साथीहरु किन र कुन घेराबन्दीमा परेर धर्ना दिइरहनुभएको छ ? यो मलाई थाहा छैन् ।’


उनले सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले क्रियाशिल सदस्यताको विवाद समाधानबारे सहमतिमै प्रतिवेदन बुझेको र सहमति गरेको पनि स्मरण गराए । उनले थपे–‘देशव्यापी रुपमा अधिवेशनको माहोल बन्दै थियो । तर, भोलिपल्टै अनियमितता भयो, धाँधली भयो । वेबसाईटमा सार्वजनिक गर्नुपर्यो भनेर धर्नामा हुनुहुन्छ ।’

प्रतिकृया