• १३ असोज २०८३, मंगलबार
  • २ः२४ दिउँसो

चेल्सीको लगातार दोस्रो जित

प्रकाशित मिति

२०७८ भाद्र ७ गते, सोमबार ०९:२५

७ भाद्र, २०७८ काठमाडौँ :  इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । इमिरेट्स स्टेडियममा आइतबार राति भएको खेलमा चेल्सीले आर्सनललाई २-० गोलले पराजित गरेको हो । चेल्सीलाई जित दिलाउन रोमेलु लुकाकु र रीस जेम्सले एक एक गोल गरे ।

National Life

योसँगै चेल्सीले लिगमा लगातार दोस्रो जित निकालेको छ । चेल्सीले २ खेलमा ६ अंक जोडेको छ । चेल्सी तालिकाको शीर्ष स्थानमा समेत उक्लिएको छ । आर्सनलको यो लगातार दोस्रो हार हो ।

प्रतिकृया