प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना
प्रकाशित मिति
२०७८ श्रावण २५ गते, सोमबार ०८:२७
२५ साउन, २०७८ काठमाडौँ : मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।
आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा दिउँसो मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
यस्तो छ तीन दिनको पूर्वानुमान
साउन २५ गते सोमबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
साउन २६ गते मंगलबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
साउन २७ गते बुधबार
दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ को एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।







प्रतिकृया