• १३ असोज २०८३, मंगलबार
  • १०ः०४ राती

प्रदेश-१, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

प्रकाशित मिति

२०७८ श्रावण २५ गते, सोमबार ०८:२७

२५ साउन, २०७८ काठमाडौँ :  मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ ।

National Life

आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा दिउँसो मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


यस्तो छ तीन दिनको पूर्वानुमान

Classic Tech Mobile
Classic Tech Desktop

साउन २५ गते सोमबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन रचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ को एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


साउन २६ गते मंगलबार

दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र वाग्मती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


साउन २७ गते बुधबार

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।


राति : देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १ र प्रदेश नं २ को एक वा दुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया