• २१ जेठ २०८३, बिहीबार
  • १:०८ बेलुका

सरकारद्धारा २९ विधेयक थप

प्रकाशित मिति

२०७६ असार २ गते, सोमबार ०८:०५

संसद्मामा विभिन्न विधेयक दर्ता भएका छन । जसको कारण आन्दोला समेत भइरहेको छ । तर अब झन सरकारले थप २९ वटा नयाँ विधेयक ल्याउने तयारी गरेको छ । भ्रष्टाचार नियन्त्रणदेखि संवैधानिक पदाधिकारीलाई पदमुक्त गर्न लगाइने महाअभियोगसँग सम्बन्धित विधेयक सरकारले ल्याउँदै छ । २९ वटै विधेयकका मस्यौदामा कानुन मन्त्रालयले सहमति दिइसकेको छ । अब मन्त्रिपरिषद्ले स्वीकृत गरी तिनलाई संसद्मा दर्ता गर्न मात्र बाँकी छ ।

सरकारले संसद्मा दर्ता गर्न लागेका विधेयकमा सामाजिक व्यवहार सुधारसम्बन्धी विधेयक, भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकलगायत रहेका छन् । यस्तै, नेपाल स्काउट सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि संसद्मा दर्ता हुने चरणमा पुगेको छ ।

Kamana Sewa

सरकारले महाअभियोगसम्बन्धी कानुनसमेत परिवर्तनका लागि संसद्मा विधेयक पेस गर्दै छ । त्यसका लागि मन्त्रिपरिषद्को निर्णय मात्र बाँकी रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् स्रोतले जनाएको छ । यो विधेयकमा कानुन मन्त्रालयले संशोधनका लागि सहमति दिइसकेको छ । यस्तै, कृषि तथा शिक्षा क्षेत्रसँग सम्बन्धित विधेयक पनि सरकारले ल्याउने तयारी गरेको छ ।

Classic Tech Desktop

प्रेस स्वतन्त्रतालाई खुच्याउने गरी मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै विरोध भइरहेको वेला सरकारले आमसञ्चारसम्बन्धी व्यवस्था गर्ने विधेयक ल्याउने तयारी गरेको छ । कानुन मन्त्रालयबाट सहमति लिएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विधेयकको मस्यौदा लेख्ने प्रक्रिया अघि बढाएको छ ।
नयाँ पत्रिका दैनिकबाट साभार

प्रतिकृया