• १२ असोज २०८३, सोमबार
  • ३ः५४ दिउँसो

सुजिता भण्डारीको पोष्टमार्टम : शरीरमा चोटपटक देखिएन

प्रकाशित मिति

२०७८ असार २४ गते, बिहीबार ०१:३८

काठमाडौँ : चितवनको ब्रह्मास्थानी सामुदायिक वनमा मृत फेला परेकी सुजिता भण्डारीको मृत्युको कारण ‘चोट पटक’ नभएको पाेष्टमार्टमबाट खुलेको छ । त्रिवि शिक्षण अस्पतालमा सुजिताको शवका पोष्टमार्टम गरिएको छ । पोष्टमार्टमबाट शरीरमा शरीरमा चोटपटक नदेखिएको चिकित्सकहरुले बताएका हुन् । ​पोष्टमार्टमको लिखित रिपोर्ट आउन बाँकी छ ।

National Life

अनुसन्धानमा संलग्न प्रहरीलाई चिकित्सकले शरीरमा ठुलो चोट नभएको तर, बायाँ हातमा ब्लेडले काटेको सामान्य चोट देखिएको जानकारी दिएका छन् । ब्लेडको चोट मृत्युको कारण नभएको चिकित्सकहरूको निष्कर्ष छ । पोष्टमार्टमबाट सुजिताको ‘हाइमेन नच्यातिएको’ भेटिएको छ । ‘हाइमेन नच्यातिएको’ रिपोर्टसँगै सुजितामाथि बलात्कार नभएको पुष्टि भएको छ ।


भि–सेरा परीक्षणका लागी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)मा पठाइएको केन्द्रिय अनुसन्धान ब्युरोका डिआईजी धिरज प्रताप सिंहले रातोपाटीलाई बताए । भि–सेरा परीक्षणबाट विष खाएको वा नखाएको पत्ता लाग्छ । चितवनको राप्ती नगरपालिका–३ घर भएकी २३ वर्षीया सुजिताको शव आइतबार साँझ भेटिएको थियो । शव फेला परेको ठाउँभन्दा १५ मिटर पर मोवाइल भेटिएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

घरबाट हिँडेको १० दिनपछि मृत फेला परेकी सुजिताको मृत्युको कारण खुलेको छैन् । केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)को टिमले घटना अनुसन्धान गरिरहेका छन् । असार ११ मा बिहान ६ बजे घरबाट हिँडेकी सुजिताले त्यसैदिन दिउँसो दिदीलाई फोन गरेर आफु अपहरणमा परेको जानकारी गराएकी थिइन् । अपहरणको सूचना दिँदा पनि प्रहरीले अनुसन्धानमा चासो नदेखाउँदा दुर्घटना भएको पिडित पक्षको आरोप छ ।

प्रतिकृया