• ३१ भदौ २०८३, बुधबार
  • ६ः३९ बेलुका

आयोगले जनताको विश्वास जितेर परीक्षा सञ्चालन गरिरहेको छ : राष्ट्रपति भण्डारी

प्रकाशित मिति

२०७६ असार १ गते, आईतवार ०३:३५

राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगले जनताको विश्वास जितेर परीक्षा सञ्चालन गरिरहेको बताएकी छिन् ।

National Life

आइतबार लोकसेवा आयोगको ६९ औँ वार्षिकोत्सव समारोहको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले संविधानले दिएको जिम्मेवारीअनुसार जनविश्वासलाई अझ समुन्नत बनाउने गरी लोकसेवा आयोगले काम गर्नुपर्ने बताएकी छिन् ।

उनले भनिन, आयोगले जनताको विश्वास जितेर परीक्षा सञ्चालन गरिरहेको छ, जनविश्वास पनि त्यहीअनुरुप कामय गरिरहेको छ, भविष्यमा थप जनविश्वासका काम गर्न सहयोग मिल्ने विश्वास व्यक्त गर्दछु ।’ ‘परीक्षा प्रणालीको सुधार तथा नवीनतम् प्रविधिको उपयोग गरी योग्य र सक्षम व्यक्ति सार्वजनिक सेवामा प्रवेश गर्नेप्रति म विश्वस्त छु, परीक्षा प्रणालीलाई समयसापेक्ष बनाउँदै लैजानुपर्छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

उनले आयोगले योग्यता, निष्पक्षता र स्वच्छतालाई ध्यानमा राखेर आफ्ना कार्यलाई शुरुमै सार्वजनिक गरी काम गर्नु सफलताको कडी भएको विश्वास व्यक्त गरिन् ।

वि।सं २००८ असार १ गते आयोगको स्थापना भएको थियो । उक्त दिवसको सम्झनामा आयोगले हरेक साल असार १ गते स्थापना दिवस मनाउने गरेको छ ।

प्रतिकृया