काठमाडौँ उपत्यकामा निषेधाज्ञा एक साता थपियो, जोर बिजोर प्रणाली लागू गर्ने निर्णय
प्रकाशित मिति
२०७८ असार ६ गते, आईतवार ०५:१८
काठमाडौँ : कोभिड–१९ संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा थप एकसाता लम्बाइएको छ । आइतबार बसेको काठमाडौँ उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यालयहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो । थप गरिएको निषेधाज्ञा असार १४ गते मध्यरातसम्म लागु हुनेछ ।
काठमाडौँ, भक्तपुर र ललितपुरमा भाइरस संक्रमण उल्लेखनीयरुपमा नघटेको निष्कर्ष निकाल्दै जारी निषेधाज्ञालाई थप गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले बताए । थपिएको निषेधाज्ञा अवधिमा निजी सवारी साधन जोर विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पाइनेछ ।
काठमाडौँको अवस्था कस्तो छ ?
मुलुकमा अहिलेसम्म काठमाडौँ उपत्यकामा सबैभन्दा बढी संक्रमित फेला पर्ने क्रम जारी छ । काठमाडौँ उपत्यकामा आइतबार ५ सय ४८ जना संक्रमित थपिएका छन् ।
काठमाडौँमा ४ सय ५०, ललितपुरमा ५३ र भक्तपुरमा २५ जना बिरामी पत्ता लागेका हुन् । जिल्ला प्रशासन कार्यालयहरुले उपत्यकामा मृत्युदर पनि घटिरहेको जनाएका छन् ।







प्रतिकृया