राज्यका निकायलाई विपक्षी गठवन्धनले भन्योः सरकारका दिर्घकालीन काममा साथ नदेउ
प्रकाशित मिति
२०७८ जेष्ठ २९ गते, शनिबार ०६:१४
काठमाडौं : विपक्षी गठवन्धनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई देश र जनतलाई असर पार्ने दिर्घकालीन प्रकृतिका काम नगर्न चेतावनी दिएको छ । यस्ता गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका निकायहरुलाई गठवन्धनले आग्रह समेत गरेको छ । गठवन्धनमा संलग्न पाँच नेताहरुले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् ।
पूर्व प्रधानमन्त्रीको हैसियतमा विज्ञप्ति जारी गरेका उनीहरुले नेपालको संवैधानिक व्यवस्थामाथि भइरहेको निरंकुश हमलाका विरुद्ध एैक्यवद्धता जनाउन सबैसँग आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ,‘कामचलाउ स्थितिमा रहेको सरकारबाट देश र जनतालाई असर पार्ने गरी दीर्घकालीन प्रकृतिका काम नगर्न नर नगराउन चेतावनी दिँदै यसप्रकारका गलत काममा संलग्न नहुन प्रशासन र सुरक्षा निकाय लगायत राज्यका अंगहरुलाई समत आग्रह गर्दछौं ।’ विज्ञप्तिमा प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् ।









प्रतिकृया