• १२ असोज २०८३, सोमबार
  • २ः३८ दिउँसो

महासेनानी खत्री सहायक रथीमा बढुवा

प्रकाशित मिति

२०७८ जेष्ठ २७ गते, बिहीबार ०८:४९

काठमाडौँ : नेपाली सेनाका महासेनानी (फुल कर्णेल) रवीन्द्र खत्री सहायक रथी (ब्रिगेडियर जर्नेल) मा बढुवा भएका छन् । सरकारले रक्षा मन्त्रालयको सिफारिसमा उनलाई सहायक रथीमा बढुवा गरेको हो । उनलाई अहिले संगठन निर्देशनालयमा पदस्थापन गरिएको छ ।

National Life

विदेशमा एनडीसी कोर्ष गरिरहेका खत्री लामो समय सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा बसेका व्यावसायिक र क्षमतावान अधिकृतका रुपमा चिनिन्छन् ।


गत जेठ १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले महासेनानी रवीन्द्र खत्रीलाई रिक्त सहायक रथी र प्रमुख सेनानी मुनाल बस्नेतलाई रिक्त महामसेनानी पदमा बढुवा गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

सरकारले महासेनानीद्वय उत्तमकुमार विष्ट र सन्तोषराज पाण्डेको पदावधि थप गरको छ भने ५ जना सहायक रथीहरूको सरुवा गरेको छ ।

प्रतिकृया