• १२ असोज २०८३, सोमबार
  • ४ः०४ बेलुका

निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४४ वटा सवारी साधन प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०७८ जेष्ठ १५ गते, शनिबार ०३:२२

काठमाडौं : विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार २ सय ४४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये ५ सय ४८ वटा गाडी र १ हजार ६ सय ९६ वटा मोटरसाइकल रहेका छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई र?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १ हजार २ सय जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ ।

National Life

कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने ५ सय ९७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम ६१ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ । साथै ३ हजार ७ सय ८२ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ । साथै देशभर सञ्चालित ९४ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १६ हजार ७ सय ६४ जनालाई सचेत गराइएको छ । निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ ।


अस्पतालभित्र तोडफोड तथा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको अभियोगमा ३ जना पक्राउ
बाँके,
भेरी अस्पताल प्रशासनभित्र अनाधिकृत रुपमा प्रवेश गर्ने तथा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि हातपात एवम् दुर्व्यवहार गरेको अभियोगमा ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ तुल्सीपुर उपमहानगरपालिका-११ बस्ने ५० वर्षीय भरत बहादुर रावत, ४६ वर्षीय मान बहादुर रावत र ३० वर्षीय लोकराज रावत रहेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

बाँकेस्थित भेरी अस्पतालमा जेठ ४ गतेदेखि उपचाररत दाङ तुल्सीपुर उपमहानगरपालिका-११ वस्ने ५२ वर्षीय पुरुषको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको विषयलाई लिएर मृतकका आफन्तहरु अस्पतालभित्र प्रवेश गरि ईसिजि मेसिन, झ्याल, ढोका तोडफोड गर्नुका साथै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि हातपात, अभद्र व्यवहार गरेको भन्ने सूचना प्राप्त हुनासाथ तत्काल जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी उपरीक्षक समेतको टोली खटि गई उनीहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरुलाई बाँके जिल्ला अदालतबाट ५ दिन म्याद अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


कुटपिटबाट मृत्यु, अभियुक्त प्रहरी नियन्त्रणमा
सिरहा,
गोलबजार नगरपालिका-२ तेतरिया बस्ने २० वर्षीया सरिता देवि सदाको कुटपिटबाट मृत्यु भएको छ । मादक पदार्थ सेवन गरी उनकै श्रीमान २२ वर्षीय ललित सदाले बिहीबार राति कुटपिट गर्दा शुक्रबार बिहान सरिताको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न ललितलाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
बर्दिया,
गेरुवा गाउँपालिका-४ गोलास्थित भित्री सडकमा भे।२ त २०७ नम्बरको ट्याक्टर सडक छेउको नालीमा गएराति दुर्घटना हुँदा चालक सोही गाउँपालिका-६ मनाउ बस्ने २८ वर्षीय खुशिराम थारुको घटनास्थलमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


करेन्ट लागेर मृत्यु
सिरहा,
लहान नगरपालिका-७ बस्ने ३२ वर्षीय रामलखन महतोको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ । आफ्नै घरको कलमा मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि सप्तऋषि अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


मृत अवस्थामा फेला
काठमाडौं,
काठमाडौं महानगरपालिका-२३ डेरा गरी बस्ने भारत बिहार सिपोल घर भएका ६८ वर्षीय छेडी मण्डल आफ्नै कोठामा बिहीबार मृत अवस्था फेला परेका छन् ।
ललितपुर, महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार डेरा गरी बस्ने कैलाली गौरीगंगा नगरपालिका(१ घर भएका २२ वर्षीय गौरब बराल आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ स्थित कृषि सामग्री भवनको कम्पाउण्डभित्र हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कैलाली, धनगढी उपमहानगरपालिका-४ बसपार्क प्रतिक्षालयमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


पहिरोका कारण क्षति
नुवाकोट,
फिदिम नगरपालिका-२ साम्दिनस्थित वर्षाका कारण बिहीबार दिउँसो पहिरो आउँदा सोही ठाउँ बस्ने मोती प्रसाद ढुंगानाको स्टोर कोठा र हर्क नेम्वाङको भान्छा कोठा समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । उक्त स्थानमा पहिरो आएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ ।


आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
महोत्तरी,
बर्दिबास नगरपालिका-१४ स्थित गौतम होटलमा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा ४ थान एसि फ्यान, फर्निचर, बिभिन्न लत्ताकपडा समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । ईलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


वचत तथा ऋण सहकारी संस्थाबाट नगद चोरी
दाङ,
गढवा गाउँपालिका-४ रामनगरस्थित ओम वचत तथा ऋण सहकारी संस्थाबाट नगद ९ लाख रुपैयाँ बिहीबार चोरी भएको छ । अपरिचित व्यक्तिले उक्त सहकारीको झ्याल फोडेर प्रवेश गरी लकरमा रहेको उक्त नगद चोरी गरी फरार भएको बताइएको छ ।
चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिकृया