• ५ साउन २०८३, मंगलबार
  • ५:२८ बेलुका

भारतमा लगातार दोस्रो दिन कोरोना संक्रमित थपिने भन्दा निको हुने बढी

प्रकाशित मिति

२०७८ बैशाख २९ गते, बुधबार ०८:२९

काठमाडौं :  भारतमा कोरोना भाइरसका संक्रमित घटेका छन् । मंगलबार ३ लाख ४८ हजार ३८९ जना संक्रमित थपिएका छन् । सोमबार ३ लाख २९ हजार ३७९ जना मात्रै संक्रमित थपिएका थिए । आइतबार ३ लाख ६६ हजार ३१७ जना संक्रमित देखिएका थिए । भारतमा गत बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए ।

 

Kamana Sewa

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड ३३ लाख ४० हजार ४२७ पुगेको छ । हाल सक्रिय संक्रमित घटेर ३६ लाख ९९ हजार ६६१ रहेका छन् । आइतबार ३७ लाख ४१ हजार ३६८ जना सक्रिय संक्रमित रहेका थिए । मंगलबार ३ लाख ५५ हजार २५७ जना संक्रमितलाई निको भएको छ । लामो समयपछि सोमबार संक्रमित थपिने भन्दा निको हुने बढेका थिए । लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुने बढी देखिएका हुन् ।

Classic Tech Desktop

 

अहिलेसम्म भारतमा कोरोनाबाट निको हुनेको संख्या १ करोड ९३ लाख ७६ हजार ६५१ पुगेको छ । त्यसैगरी मंगलबार ४ हजार १९८ जनाको ज्यान गएको छ । मृतक अहिलेसम्मकै सबैभन्दा बढी भारतमा एकैदिन थपिएका हुन् । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख ५४ हजार २२५ रहेको छ ।  भारतमा अहिलेसम्म १७ करोड २७ लाख १० हजार ६६ जनालाई कोरोना विरुद्धको खोप लगाइसकिएको छ ।

प्रतिकृया