राष्ट्रपति भण्डारीद्वारा सात वटा अध्यादेश जारी
प्रकाशित मिति
२०७८ बैशाख २१ गते, मंगलवार ०४:५८
काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सात वटा अध्यादेश जारी गरेकी छिन् । नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम अध्यादेशहरू जारी भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । यसअघि नै जारी भएका अध्यादेश संसद चले पनि पेश हुन नसकेपछि पुनः मंगलबार जारी गरिएको हो।
संसद अधिवेशनको पहिलो बैठकमा अध्यादेशहरु पेश गर्नुपर्ने भए पनि दलहरुको विरोधका कारण पेश भएन।फागुन २३ गते सर्वोच्चको आदेशअनुसार पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बसेको थियो। उक्त दिन साविक नेकपाको प्रचण्ड माधव नेपाल पक्ष र कांग्रेसको विरोधका कारण अध्यादेश पेश भएन। त्यसपछि सरकार आफैँ ती अध्यादेश सदनमा पेश गर्ने र पारित गर्ने पक्षमा देखिएको थिएन। मंगलबार तीन अध्यादेशलाई दोस्रोपटक जारी गरिएको हो।
मंगलबार जारी भएका सात अध्यादेशहरु :
१.यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८
२. फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८
३. औषधि (तेस्रो संशोधन)अध्यादेश, २०७८
४. संवैधानिक परिषद् ९(काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८
५. सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८
६. नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन.) अध्यादेश, २०७८
७. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८








प्रतिकृया