• २२ भदौ २०८३, सोमबार
  • १०ः१५ राती

यार्सागुम्बा संकलन खुला

प्रकाशित मिति

२०७८ बैशाख १४ गते, मंगलवार ०७:३१

मनाङ:  कोरोना महामारीले निम्त्याएको अर्थ संकट टार्न हिमाली जिल्लामा यार्सागुम्बा संकलन शुरुआत हुने भएको छ ।

National Life

 

लामो समयसम्म कोरोनाले थलिएको अर्थतन्त्र उकास्न कठिन भएको र अमूल्य जडीबुटी यसै खेर जान नदिन जडीबुटी संकलन गर्न लागिएको हो । यसका लागि अन्नपूर्ण संरक्षण क्षेत्रले अनुमति प्रदान गरेको छ ।

Classic Tech Desktop

 

यहाँको आर्थिक अवस्था उकास्न यार्सा संकलन पुर्जी खुला गरिएको हो । यस क्षेत्रले जिल्लाका विभिन्न खर्कमा संकलनका लागि पुर्जी रकम छुट्ट्याएको छ । नाम्के खर्कका लागि २० हजार, ङिस्याङ २० हजार र नार फु भ्यालीका लागि ३० हजार छूट पुर्जी रकम उल्लेख गरिएको छ ।

 

गतवर्ष कोरोनाले बन्दाबन्दी भएकाले यस क्षेत्रले जडीबुटी संकलनमा रोक लगाएको उक्त संरक्षण क्षेत्रका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । उनका अनुसार कोरोना जोखिम बढ्दै जाँदा आर्थिक संकट पनि बढेकाले यसपटक भने जिल्लाभित्र बसोवास गर्नेका लागि मात्र खुला गरिएको हो

 

। कोरोना जोखिम बढ्न सक्ने जनाउँदै बाहिरी जिल्लामा भने बन्देज लगाइएको उनले जानकारी दिए । (आर्थिक अभियान दैनिक)

प्रतिकृया