• २१ भदौ २०८३, आइतबार
  • २ः५५ दिउँसो

सक्रिय संक्रमित देशैभरि

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०७:१९

काठमाडौं: कोरोना भाइरस फैलिएर फेरि देशव्यापी बनेको छ। यूके भेरियन्टको बढ्दो संक्रमणसँगै जनस्वास्थ्यका मापदण्ड उल्लंघनका कारण ७७ वटै जिल्लामा संक्रमण पुष्टि भएको छ। सक्रिय संक्रमितकै संख्या १४ हजार ७ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

National Life

 

मुलुकभर शुक्रबार मात्रै २ हजार ५ सय ५९ जना संक्रमित थपिएका छन्। ७५ जना क्वारेन्टाइनमा छन्। सघन उपचार कक्ष (आईसीयू)मा १ सय ७३ र भेन्टिलेटरमा ५७ जना उपचाररत छन्। मन्त्रालयको तथ्यांकले सबै उमेर समूहमा कोरोना पुष्टि भएको देखाएको छ। दैनिक संक्रमणको अवस्था हेर्दा २० देखि २९ वर्ष उमेर समूहका व्यक्ति सबैभन्दा बढी संक्रमित भइरहेका छन्।

Classic Tech Desktop

 

मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार बागमती र लुम्बिनी प्रदेशमा संक्रमितको संख्या बढेको छ। बागमतीका काठमाडौं र ललितपुरमा ५ सयभन्दा बढी संक्रमित उपचारार्थ भर्ना भएका छन्। लुम्बिनीका बाँके र रुपन्देहीमा उपचारार्थ भर्ना हुने संक्रमितको संख्या ५ सय नाघेको छ। सीमावर्ती जिल्लामा संक्रमितको संख्या बढ्नुमा खुला सिमाना र हेलचेक्रयाइँ नै मुख्य कारक रहेको विज्ञको ठम्याइ छ।

 

‘कोरोना संक्रमणले सीमापारि भारतमा भयावह अवस्था ल्याउने बित्तिकै यहाँ सतर्कता अपनाउनुपथ्र्यो’, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा.सुशीलनाथ प्याकुरेल भन्छन्, ‘सीमा सिल गर्ने, परीक्षण गर्नेतर्फ ढिलाइ भयो। आवतजावत निर्वाध हुँदा संक्रमितको संख्या बढ्यो।’

 

भारतबाट फर्किएका व्यक्तिहरू जोखिमयुक्त ठूला सहर हुँदै सार्वजनिक यातायात चढेर घर पुग्ने गरेका छन्। (अन्नपूर्ण पोस्ट् )

प्रतिकृया