• २१ भदौ २०८३, आइतबार
  • १ः२३ दिउँसो

परीक्षाका लागि विद्यालयको होस्टेलमा बसेकी बालिकाको अचानक मृत्यु

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०७:२२

रुपन्देही : सरकारले जोखीम उठाएर अध्ययन अध्यापन नगराउन दिएको निर्देशन लत्याउँदै परिक्षा संचालन गरीरहेको रुपन्देहीको एक निजी विद्यालयको छात्रावासमा बस्ने बालिकाको शनिवार अचानक मृत्यु भएको छ।

National Life

 

तिलोत्तमा नगरपालिका नयाँमिलमा रहेको प्यारामाउण्ट बोर्डिङ स्कुलमा १० कक्षामा पढ्ने १५ वर्षीया प्रतिमा सापकोटाको शनिबार उपचारका लागि अस्पताल लैजादै गर्दा मृत्यु भएको विद्यालयले जनाएको छ । विद्यालयका सह प्राचार्य लीलाधर किराँतले बालिका बिरामी भएपछि शनिवार बिहानै अभिभावक बोलाएर जिम्मा लगाएको र अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको खबर पाएको बताए।

Classic Tech Desktop

बालिकाका आफन्त भास्कर भण्डारीले बालिकालाई सिकिस्त अवस्थामा विद्यालयबाट निकालेर नजिकैको क्रिमसन अस्पताल लैजादै गर्दा मृत्यु भएको बताए। ‘हामीले खबर पाउदा बालिकाको अवस्था निकै गम्भिर थियो। उनको शरीर निकै तातेको थियो । तत्कालै नजिकैको अस्पताल पुर्‍याउँदा डाक्टरले उनको मृत्यु भइसकेको बताए’ भण्डारीले भने।

 

अस्पताल ल्याउनु अघि नै बालिकाको मृत्यु भइसकेको क्रिमसन अस्पतालका चिकित्सकले बताएका छन । ती बालिकालाई उच्च ज्वरो आएको बताइएको छ । तर मृत्युको कारण भने पत्ता लगिसकेको छैन। कोरोना परिक्षणका लागि स्वाब निकालिएको अस्पतालले जनाएको छ।

ती बालिका स्कुलको छात्रावासमा बसेर परीक्षा दिइरहेकी थिइन्। बालिकासँगै छात्रावासमा बस्ने अन्य बालबालिकाका अनुसार उनलाई दुइ दिन देखि ज्वरो आएको थियो। तर स्कुलले उपचारका लागि अस्पताल लगेन।

गए रातीदेखि ती बालिकाले आफुलाई निकै असहज महसुस भएको साथीहरुलाई बताएकी थिइन्। बिहान पख अन्य बालबालिकाहरूले होस्टेलका कर्मचारी र शिक्षकसँग उपचारका लागि लैजान कर गरेपछि बल्ल स्कुलले अभिभावक बोलाएर ती बालिकालाई जिम्मा लगाएको थियो। बालिकाका आफन्त भण्डारीले पनि परीक्षा संचालन गर्ने निहुँमा विद्यालयले बिरामी बालिकाको उपचार नगरी राखेको र परिवारलाई समेत समयमै खबर नगरेको बताए ।

(नागरिक दैनिक)

प्रतिकृया