• १६ असोज २०८३, शुक्रबार
  • ३ः४२ दिउँसो

सप्तरीमा निषेधाज्ञा हट्यो, राजविराज र बोदेबर्साइनको अवस्था सामान्य

प्रकाशित मिति

२०८३ श्रावण १८ गते, सोमबार १२:४७

१८ साउन २०८३ काठमाडौं – जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज र बोदेबर्साइन नगरपालिका क्षेत्रमा जारी निषेधाज्ञा सोमबार बिहान १०:०० बजेदेखि पूर्ण रूपमा हटाएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनापछि दुई समुदायबीच उत्पन्न तनावलाई मध्यनजर गर्दै जिल्लामा कर्फ्यु तथा निषेधाज्ञा लागू गरिएको थियो।

National Life

यसबीच आइतबार जिल्ला प्रशासनको समन्वयमा राजविराजसहित जिल्लाका विभिन्न स्थानमा शान्ति तथा सद्भाव र्‍याली आयोजना गरिएको थियो। र्‍यालीमा विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको प्रशासनले जनाएको छ।

प्रशासनका अनुसार हाल जिल्लाको शान्ति–सुरक्षा अवस्था सामान्य रहेकाले निषेधाज्ञा हटाइएको हो। साथै, सबै नागरिकलाई आपसी सद्भाव, धार्मिक सहिष्णुता र सामाजिक एकता कायम राख्न आग्रह गर्दै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने वा सामाजिक सद्भाव बिथोल्ने गतिविधिमा संलग्न नहुन अनुरोध गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया