• १५ असोज २०८३, बिहीबार
  • १०ः२० बिहान

साप्सु कालिका हाइड्रोपावरले आईपीओ ल्याउने तयारी

प्रकाशित मिति

२०८३ श्रावण १८ गते, सोमबार ११:५०

१८ साउन २०८३ काठमाडौं – साप्सु कालिका हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित नवौँ वार्षिक साधारण सभा आह्वान गरेको हो।

National Life

साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ ९ गते बिहान १० बजे काठमाडौंको महाराजगञ्जस्थित कम्पनी रजिस्टर्ड कार्यालयमा साधारण सभा गर्ने निर्णय गरेको छ। सभामा कम्पनीको आईपीओ निष्कासन प्रस्तावलाई निरन्तरता दिने तथा आवश्यक परिमार्जनसहित धितोपत्र बोर्डमा दर्ता प्रक्रिया अघि बढाउने विशेष प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

कम्पनीले साधारण सभाबाट प्रस्ताव स्वीकृत भएपछि आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाउने तयारी गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया