एकान्तकुना यातायात कार्यालयका अधिकांश सेवा अनिश्चितकालका लागि बन्द
प्रकाशित मिति
२०८३ असार २९ गते, सोमबार ०२:३२
२९असार २०८३ दोलखा – ललितपुरको एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय (सवारी चालक अनुमतिपत्र) का अधिकांश सेवाहरू अनिश्चितकालका लागि बन्द भएका छन्। यातायात व्यवस्था विभागको सर्भरमा समस्या आएपछि ईडीएलभीआरएस (EDLVRS) प्रणाली अवरुद्ध भएको कार्यालयले जनाएको छ। यसका कारण लाइसेन्स वितरण, दुई पाङ्ग्रे सवारी साधनको ब्लुबुक नवीकरण लगायतका अधिकांश सेवाहरू रोकिएका छन्।
कार्यालयका अनुसार आजका लागि तय भएका लिखित परीक्षा तथा ए/के र एफ/जी श्रेणीका प्रयोगात्मक (ट्रायल) परीक्षा भने पूर्वनिर्धारित तालिकाअनुसार सञ्चालन हुनेछन्।

कार्यालयले अर्को सूचना जारी नभएसम्म बन्द गरिएका सेवाहरू सञ्चालनमा नआउने जनाएको छ। सर्भरको समस्या समाधान भएपछि सेवाहरू पुनः नियमित रूपमा सञ्चालन गरिने कार्यालयले जानकारी दिएको छ।

सेवा अवरुद्ध भएपछि कार्यालयबाट सेवा लिन आएका सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।





प्रतिकृया