• २९ असार २०८३, सोमबार
  • ३:२६ बेलुका

सिंहदरबारको दक्षिण गेटबाट निहारिका सिंह राजपूत र बिनु कठायत पक्राउ

प्रकाशित मिति

२०८३ असार २९ गते, सोमबार ०२:२५

२९असार २०८३ दोलखा – सिंहदरबारको दक्षिण गेटमा धर्ना दिइरहेका दुई जना महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पानीमा भिज्दै धर्नामा बसेका निहारिका सिंह राजपूत र बिनु कठायत गृह मन्त्रालयमा प्रवेश गरी आफ्ना समस्या प्रत्यक्ष रूपमा राख्न पाउनुपर्ने माग गर्दै सिंहदरबार प्रवेश गर्न खोजेका थिए। तर, आवश्यक मापदण्डअनुसारको प्रवेश पास नभएको भन्दै प्रहरीले उनीहरूलाई गेटमै रोकेको थियो।

उनीहरूलाई आवश्यक समन्वयका लागि नियन्त्रणमा लिई प्रहरी वृत्त सिंहदरबार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृतले जानकारी दिएका छन्।

Kamana Sewa

दुवै जनाले आफ्ना माग सम्बोधन गर्न गृह मन्त्रालयसँग प्रत्यक्ष छलफलको वातावरण मिलाउनुपर्ने माग गर्दै धर्ना दिएका थिए।

Classic Tech Desktop

प्रतिकृया