• २९ असार २०८३, सोमबार
  • १०:४६ बिहान

दोलखामा पहिरोको दुःखद घटना : चार महिनाकी शिशुको मृत्यु, आमा गम्भीर घाइते

प्रकाशित मिति

२०८३ असार २९ गते, सोमबार ०९:४१

२९असार २०८३ दोलखा – दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा पहिरोमा परी चार महिनाकी शिशुको मृत्यु भएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छन्।

जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी सन्तोषकुमार खड्काका अनुसार गएराति करिब ९ बजे गएको पहिरोमा परी चार महिनाकी एलिना थामीको मृत्यु भएको हो। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्।

Kamana Sewa

प्रहरीका अनुसार भिमेश्वर नगरपालिका–१ सुस्पास्थित माइतीबाट बोलेरो गाडीमा घर फर्किरहेका उनीहरू सुनखानी–साङवा सडकखण्डको क्याङ्पोल–हेलेक्पाथाली क्षेत्रमा पहिरोले सडक अवरुद्ध भएपछि गाडीबाट ओर्लिएर पैदल हिँडिरहेका थिए। सोही क्रममा माथिबाट खसेको अर्को पहिरोमा उनीहरू परेका हुन्।

Classic Tech Desktop

स्थानीयवासीले तत्काल उद्धार गरी उनीहरूलाई दोलखास्थित धुलिखेल अस्पतालको शाखा अस्पताल पुर्‍याएका थिए। अस्पताल पुगेलगत्तै चिकित्सकले शिशु एलिनालाई मृत घोषणा गरेका थिए। गम्भीर घाइते शर्मिला थामीलाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।

प्रतिकृया